आदर्श आर्थिक विकास बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित प्रथम अन्तर विद्यालय फुटसल प्रतियोगिता सम्पन्न
आदर्श आर्थिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा बनेपा नगरस्तरीय प्रथम अन्तर विद्यालय फुटसल प्रतियोगिता जेठ २३ गते सम्पन्न भएको जानकारी गराउदछौँ ।
संस्थाका अध्यक्ष जेन बादेको सभापतित्वमा तथा प्याब्सन बनेपाका अध्यक्ष महेन्द्र विष्टको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगितामा प्रथम उग्रचण्डी बोर्डिङ स्कुल नाला, दोस्रो एभरेष्ट एकेडेमी र तेस्रो ग्रेसल्याण्ड एकेडेमी साँगा भएका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी प्रमोद श्रेष्ठ उग्रचण्डी बोर्डिङ स्कुल बाट भएका छन् भने सर्वाधिक गोल कर्ता विशाल महतो बाल निकेतनका रहेका छन् । त्यसै गरी उत्कृष्ट गोल रक्षक एभरेष्ट एकेडेमी रहेका थिए । प्रतियोगितामा बनेपा नगरभित्रका १८ वटा संस्थागत विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो । खेलकुद मार्फत विद्मार्थीहरुमा अनुशासन,नेतृत्व क्षमता,सहकार्य तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरुलाइ ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । यस्ता कार्यक्रमले विद्मार्थीहरुलाई सकारात्मक ऊर्जा र प्रेरणा प्रदान गर्ने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने छौँ ।
English
Nepali
